काठमाडौं । एसियन लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।
आजसम्म कायम रहेका सेयरधनीले मात्रै कम्पनीले तोकेको लाभांश पाउनेछन् । कम्पनीले आगामी साधारणसभाका लागि भन्दै असार २० गते बुक क्लोज गर्ने जनाएको छ ।
कम्पनीले गत वर्षको नाफाबाट ५.१० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.२६ प्रतिशत नगद लाभांश दिने जनाएको छ ।
कम्पनीले कम्पनीले असार ३० गते वार्षिक साधारण सभा बोलाएको छ । सभा होटल ईच्षा समिर बारामा दिउँसो १ बजे सुरु हुनेछ ।
FACEBOOK COMMENTS