काठमाडौं । नेप्से परिसूचकमा आजपनि वृद्धि भएको छ ।
आज नेप्से ९ दशमलव १४ अंकले बढेर २७०३ दशमलव ९६ विन्दुमा कायम भएको छ ।
आजको कारोबारमा विभिन्न ३११ कम्पनीका २ करोड ४९ लाख ७६ हजार ३६६ कित्ता शेयर ९ अर्ब ६४ करोड ५५ लाख ५० हजारमा किनबेच भएको नेप्सेले जनाएको छ ।
आज नेपाल फाइनान्सको सेयर मुल्य सबैभन्दा बढी ९दशमलव ९८ प्रतिशतले बढेको छ भने खानीखोला हाइड्रोको शेयर मूल्य ७ दशमलव १७ प्रतिशतले बढेको छ ।
त्यस्तै आज सप्तकोशी डेभलपमेन्ट बैंकको शेयर मुल्यमा नकारात्मक सर्किट लागेको छ । त्यस्तै आज गुँरास लघुवित्तको शेयर मूल्य ९ दशमलव ९५ प्रतिशतले घटेको छ ।
आज सबै भन्दा बढी कारोबार बुटवल पावर लिमिटेडको ३१ करोड ६८ लाख बराबरको शेयर कारोबार भएको नेप्सेले जनाएको छ ।
FACEBOOK COMMENTS