काठमाडौं । नाडा अटो शो २०२५ का लागि स्टल एलोकेसन कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ ।
अटोमोबाइल प्रदर्शनी भदौ ३ देखि ८ गतेसम्म भृकुटीमण्डप, काठमाडौंमा आयोजना हुँदैछ । विसं. २०५५ मा सुरु भएको नाडा अटो शो आजसम्म आई पुग्दा नेपाली अटो उद्योगको प्रमूख प्रदर्शनी बनेको छ । जसले प्रविधि, नवप्रवद्र्धन एवं गतिशीलतामा महत्वपूर्ण योगदान दिँदै आएको छ ।
शोमा सहभागी ब्रान्डहरूमा चार पाङग्रे तर्फ दिपाल अभतार सुजुकी आयोन एक्सपिङ बिवाईडी लगायत रहेका छन् । यस्तै दुई पाङग्रेमा हिरो रोयल इन्फिल्ट यामाहा लगायत रहेका छन् ।
FACEBOOK COMMENTS