काठमाडौं । अमेरिकाको शिकागोको नाइटक्लब बाहिर भएको गोलीकाण्डमा कम्तिमा चार जनाको मृत्यु भएको र १४ जना घाइते भएको प्रहरीले जनाएको छ ।
शिकागो प्रहरीले गाढा रंगको कारमा सवार बन्दुकधारीहरूले बाहिर उपस्थित मानिसहरूमाथि गोली चलाउन थालेको बताएको छ ।
सीबीएस न्यूजका अनुसार, र्यापर मेलो बक्जको एल्बम रिलिज पार्टीपछि नाइटक्लबबाट मानिसहरूको भीड बाहिर निस्किरहेको समयमा गोली चलेको थियो ।
प्रहरीले गाडी तुरुन्तै घटनास्थलबाट भागेको र अहिलेसम्म कसैलाई पनि नियन्त्रणमा नलिएको बताएको छ ।
गोली हानाहानमा २४ र २५ वर्षका दुई पुरुष र २६ र २७ वर्षका दुई महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
अस्पतालमा भर्ना भएका कम्तीमा चार जनाको अवस्था गम्भीर रहेको बताइएको छ । गोली हानाहानमा घाइते र मृत्यु भएकाहरूको पहिचान अझै खुलाइएको छैन।
FACEBOOK COMMENTS