काठमडौं । एमएडब्ल्यू वृद्धिले ललितपुरको बालकुमारी र काठमाडौंको बसुन्धरामा दुईवटा अत्याधुनिक विद्युतीय सवारीसाधन (ईभी) मा केन्द्रित सर्भिस सेन्टर सञ्चालन गर्ने भएको छ ।
ग्राहकलाई अझ राम्रो सेवा दिन र आफ्टर सेल्स सर्भिसलाई अझ सशक्त बनाउन सर्भिस सेन्टर सञ्चालनमा ल्याउन लागिएको एमएडब्ल्यू वृद्धिले जनाएको छ । सहरका प्रमुख स्थानहरूमा स्थापना हुने यी सर्भिस सेन्टरहरूले एमएडब्ल्यूका ग्राहकलाई अझै सहज, छिटो र विशेषज्ञस्तरको सेवा प्रदान गर्ने लक्ष्य राखेको छ ।
यी फ्यासिलिटीहरू डीपल, डोङफेङ र सेरेस ब्राण्डका विद्युतीय सवारीसाधनहरूका लागि मात्र समर्पित हुनेछन् । सर्भिस सेन्टरमा २५ वटा विशेष सर्भिस बेहरू रहनेछन्, जसले धेरै सङ्ख्याका गाडीहरूलाई एकैपटक सजिलो, सूक्ष्म र दक्ष रूपमा मर्मत गर्न सक्ने क्षमता राख्नेछन् । एक्स्पर्ट केअरका लागि यी नयाँ केन्द्रहरू एमएडब्ल्यूूका दोस्रो र तेस्रो ईभी डेडिकेटेड सर्भिस वर्कशप हुनेछन् । यस विस्तारसँगै एमएडब्ल्यू वृद्धिको ईभी सर्भिस सेन्टरको सङ्ख्या तीन पुग्नेछ ।
आफ्टर सेल्स सर्भिस र ग्राहकको विश्वासमा निरन्तर ध्यान दिँदै आएको एमएडब्ल्यू वृद्धिले यसका माध्यमबाट ग्राहक सन्तुष्टि र दीर्घकालीन सेवासम्बन्धी प्रतिबद्धतालाई अझ मजबुत बनाउने प्रयास गरिरहेको छ । यी नयाँ सर्भिस सेन्टरहरू आगामी ३ देखि ५ महिनाभित्र पूर्ण रूपमा सञ्चालनमा आउने अपेक्षा गरिएको छ, जसले नेपालको ईभी सेवा क्षेत्रमा नयाँ बेन्चमार्क स्थापित गर्नेछ ।
FACEBOOK COMMENTS