भोजपुर । भोजपुरमा एकै परिवारका चार जनाको वीभत्स हत्या भएको छ ।
जिल्लाको रामप्रसादराई गाउँपालिका–२ धोदलेखानीमा एकै परिवारका चार जनाको वीभत्स हत्या भएको हो ।
भोजपुर नगरपालिका–२ हेलौछा घर भएका राजेन्द्र राईले आफ्नै ससुराली पक्षका चार जनाको हत्या गरेका हुन् । जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार हत्या हुनेमा ससुरा बेलबहादुर गिरी, सासु मञ्जु गिरी, श्रीमती मनिषा गिरी र सालो सपन गिरी रहेका छन् ।
प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ । प्रारम्भिक विवरण अनुसार घरेलु विवादका कारण घटना भएको बताइएको छ । पक्राउ परेका राईलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
राईले प्रहरीलाई दिएको प्रारम्भिक बयानअनुसार सासु मञ्जु गिरीले आफूमाथि चक्कु प्रहार गरेपछि प्रतिरक्षाका क्रममा चार जनाको हत्या भएको हो । ससुराली पक्षका चार जनाको हत्या गरेपछि उनी आफैले प्रहरीलाई खबर गरेर आत्मसमर्पण गरेको बताइएको छ ।
FACEBOOK COMMENTS