काठमाडौं । करिब १० करोड रुपैयाँको चेक बाउन्सको कसुरमा पक्राउ परेका काठमाडौंको पुरानो बसपार्कमा निर्माणाधीन काठमाडौं भ्यूटावरका निर्माण व्यवसायी मनोजकुमार भेटवाल पक्राउ परेको हप्ता दिनमै छुटेका छन् ।
१३ असार १३ गते पक्राउ परेका उनी अदालतले स्वास्थ्यको कारण देखाउँदै म्याद थप नगरिदिएपछि असार १९ गते नै छुटेका हुन् ।
भेटवाल पक्राउ परेलगत्तै सुटुक्क अस्पताल भर्ना भएका थिए ।
अस्पतालबाटै म्याद थपका लागि काठमाडौं जिल्ला अदालत उपस्थित भएका भेटवाललाई दोस्रो चरणको म्याद थप नगरिएपछि उनी छुटेका हुन् ।
करिब १० करोड रुपैयाँको चेक बाउन्स आरोपमा उनी पक्राउ परेका थिए ।
FACEBOOK COMMENTS