बनेपा । काभ्रेपलाञ्चोकको नाला र भक्तपुरको च्यामासिङ सडकखण्ड फेरि अवरुद्ध भएको छ ।
सो सडकखण्डको पुण्यमाता खोलामा भाँचिएको पुलमा ह्युमपाइप राखेर सडक खुलाइएको भए पनि गएराति आएको बाढीले ह्युमपाइपमाथि राखेको माटो बगाएर लागेपछि सडक अवरुद्ध भएको हो ।
यसअघि शनिबार बनेपा नगरपालिका–४ र १ को सीमास्थलमा रहेको पुल भाँचिएपछि पूर्ण रूपमा अवरुद्ध भएको सडक आइतबार ह्युमपाइप राखेर सुचारू गरिएको थियो ।
यो सडक काठमाडौं आउने र जाने वैकल्पिक मार्गका रूपमा प्रयोग हुँदै आएको छ । वि.सं. २०३७ मा निर्माण भएको यो पुल ४५ वर्षपछि भाँचिएको हो
FACEBOOK COMMENTS