काठमाडौं । नेकपा (एमाले) का नेता गोकुल बास्कोटाले पार्टीमा निषेधको निषेध लागू हुन नसक्ने टिप्पणी गरेका छन् ।
सामाजिक सञ्जालमा टिप्पणी गर्दै नेता बास्कोटाले नेताहरूलाई केही बाँकी राखेर बोल्न आग्रह गरेका छन् ।
उनले भनेका छन्–
०३९–४५,०४७–४९,०५२–०५४,०५८–५९,०६५,०७१ र ०७७–७८ मध्ये एउटा नजिकबाट हेरियो, सुनियो । अरूमा संलग्न भइयो–भोगियो । को कस्ता थिए, कता थिए र छन् ? त्यो पनि थाहै छ । मेरो भनाइ यत्ति छ, केही बाँकी राखेर बोल, ताकि मतान्तरबीच मुस्कुराउँदै सँगै यात्रा गर्न सकियोस् । पार्टीमा निषेधको निषेध लागू हुनै सक्दैन ।
FACEBOOK COMMENTS