काठमाडौं । इजरायली सेनाले उत्तरी गाजामा रहेको समुद्र तट क्याफेमा भएको आक्रमणमा हमासका नौसेना कमाण्डर मारिएको दाबी गरेको छ । आक्रमणमा अन्य धेरै नागरिकहरू पनि मारिएका बताइएको छ ।
सोमबार गाजाको अल–बाका क्याफेमा भएको आक्रमणपछि गाजा र विदेशमा बसोबास गर्ने परिवारका सदस्यहरूले ठूलो सङ्ख्यामा हताहत भएको बताएका छन् ।
इजरायली रक्षा बलले आइतबार आक्रमणमा नौसेना कमाण्डर रम्जी रमजान अब्द अली सालेह साथै हमासको मोर्टार युनिटका उपप्रमुख हिशाम अयमान अतिया मन्सुर र निसिम मुहम्मद सुलेमान अबु सबाहाको मृत्यु भएको बताएको छ । रक्षा बलले सालेह हमासको ‘समुद्री आक्रमण’ योजना बनाउन र सञ्चालन गर्नमा संलग्न रहेको बताएको छ ।
क्याफेमा हमासका एक वरिष्ठ कमाण्डर उपस्थित भएको हल्लापछि इजरायलले आक्रमण गरेको थियो । क्याफेमा भएको आक्रमणमा २९ जना मारिएको पुष्टि भएको बीबीसीले जनाएको छ ।
FACEBOOK COMMENTS