काठमाडौं । त्रिशूली नदीको बाढीमा फसेका दुई जनाको हेलिकाेप्टरमार्फत सकुशल उद्धार भएको छ ।
नुवाकोटको विदुर नगरपालिका–९, इन्द्रेणीघाटस्थित त्रिशूली नदीमा फसेका दुई जनाको नेपाली सेनाको टोलीले उद्धार गरेको हो ।
विदुर नगपालिका–१, लभडाँडा मिलन चौताराका ६७ वर्षीय पाल्देन तामाङ र उनकी श्रीमती ६२ वर्षीया मङ्गली तामाङ त्रिशूली नदीको किनारमा दाउरा काट्न जाँदा बाढीमा फसेका थिए ।
बाढी बढ्दै गएपछि उनीहरू रुखमा चढेर उद्धारको पर्खाइमा थिए । हाल त्रिशूली नदीले सतर्कता तह पार गरेको छ ।
FACEBOOK COMMENTS