काठमाडौं । १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाको उत्पादन बन्द भएको छ ।
हिजो मंगलबार आएको भीषण बाढीका कारण आयोजनाको संरचनाहरूमा क्षति पुगेकाले उत्पादन बन्द भएको आयोजनाले जनाएको छ ।
‘आयोजनाको स्रोत नदी भोटेकोशीमा आएको ठूलो बाढीका कारण आयोजनाका बाँधस्थल, आवासगृह, आवासगृहदेखि जलविद्युत् केन्द्रसम्म जाने पहुँचमार्गलगायत संरचनाहरूमा ठूलो क्षति पुगेकाले उत्पादन बन्द भएको हो,’ आयोजनाका कम्पनीसचिव नरनाथ न्यौपानेले भने ।
उनका अनुसार रसुवाको गोसाईंकुण्ड गाउँपालिका वडा नं. १ र २ को सीमानामा निर्माण भएको १११ मेगावाट क्षमताको आयोजनाबाट २०८१ पुसदेखि देखि व्यावसायिकरूपमा उत्पादन थालिएको थियो ।
FACEBOOK COMMENTS