कास्की । पोखरा महानगरपालिका–१४ डेरा गरी बस्ने लमजुङ घर भएकी ४३ वर्षीया पस कुमारी गुरूङको कोठाबाट आठ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
गुरुङको कोठामा बसेर जुवातास खेलिरहेको अवस्थामा पस कुमारीसहित आठ जनालाई मंगलबार पक्राउ गरिएको वडा प्रहरी कार्यालय रामबजारले जनाएको छ ।
वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४५ हजार ३६० रूपैयाँ र ४ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।
FACEBOOK COMMENTS