काठमाडौं । नेपाली बजारमा हट एण्ड स्पाइसी नूडल्स सेग्मेन्टमा आफ्नो छुट्टै पहिचान बनाउन सफल करेन्ट नूडल्सको उत्पादक यसोदा फूड्सले आफ्नो लोकप्रिय आउटलेट ‘करेन्ट पोइन्ट’ को नयाँ शाखा काठमाडौंमा सञ्चालनमा ल्याएको छ ।
बुटवलमा रहेको करेन्ट पोइन्टको अपार सफलता र उपभोक्ताको निरन्तर मागलाई ध्यानमा राख्दै कम्पनीले आज शुक्रबारदेखि काठमाडौंको अनामनगरमा आफ्नो दोस्रो आउटलेट सञ्चालनमा ल्याएको हो ।
सिंहदरबारको विपरीत दिशामा न्यू प्लाजा जाने बाटोमा खोलिएको उक्त करेन्ट पोइन्टको उद्घाटन समारोहमा चर्चित अभिनेत्री तथा करेन्ट नूडल्सकी ब्राण्ड एम्बेसडर केकी अधिकारीको पनि उपस्थिति रहेको थियो । उहाँको उपस्थितिमा ग्राहक तथा शुभचिन्तकहरूको उत्साहजनक भीड लागेको थियो ।
समारोहमा बोल्दै यसोदा फूड्सका अध्यक्ष चुन्नप्रसाद पौडेलले बुटवलमा करेन्ट पोइन्टले पाएको माया र सफलताले आफूहरूलाई काठमाडौंमा शाखा विस्तार गर्न प्रेरित गरेको बताए । उनले भने, ‘काठमाडौंका नूडल्स पारखीहरू, विशेषगरी पिरो र चट्पटा स्वाद मन पराउनेहरूका लागि एउटा उत्कृष्ट गन्तव्य बनाउने हाम्रो लक्ष्य हो । हामी आशा गर्दछौं, करेन्ट पोइन्टले यहाँका उपभोक्ताहरूको स्वादको चाहनालाई अवश्य पूरा गर्नेछ ।’
उक्त उद्घाटन समारोहमा यसोदा फूड्सका ग्लोबल सीईओ जीपी शाहले करेन्ट पोइन्ट र करेन्ट स्न्याक्स तथा नूडल्स रेन्जको बारेमा विस्तृत जानकारी दिएका थिए ।
करेन्ट पोइन्टमा करेन्ट नूडल्सका विभिन्न परिकारहरू उपलब्ध हुनेछन् । यहाँ ग्राहकहरूले करेन्ट चाउचाउका यस्ता विभिन्न नयाँ परिकारहरूको स्वाद लिन पाउनेछन्, जुन उनीहरूले पहिले कहिल्यै चाखेका छैनन् । साथै, ग्राहकहरूले आफ्नो रुचिअनुसारको मसला र स्वाद पनि रोज्न सक्नेछन् । विशेषगरी युवापुस्तामाझ लोकप्रिय रहेको करेन्ट चाउचाउको यो नयाँ आउटलेटले काठमाडौंवासीलाई नौलो र डेलीसियस स्वादको अनुभव प्रदान गर्ने विश्वास कम्पनीले लिएको छ । करेन्टका पारखीहरूले अब अनामनगरमा रहेको करेन्ट पोइन्टमा गई विभिन्न प्रकारका स्वादिष्ट र चटपटा नूडल्सको मजा लिन सक्नेछन् ।
सन् २०१७ मा स्थापित यसोदा फूड्स प्रालि नेपालको एक अग्रणी खाद्य तथा पेयपदार्थ उत्पादक कम्पनी हो । गुणस्तर र नवीनताप्रति प्रतिबद्ध यस कम्पनीले छोटो समयमै नेपाली उपभोक्ताको मन जित्न सफल भएको छ । कम्पनीले ‘करेन्ट’ ब्राण्डअन्तर्गत विभिन्न प्रकारका पिरो तथा स्वादिष्ट चाउचाउहरू उत्पादन गर्दछ, जुन विशेषगरी युवापुस्तामाझ अत्यधिक लोकप्रिय छ ।
‘करेन्ट’ बाहेक, कम्पनीले चीजबल्स, स्टिक्स, पोट्याटो क्र्याकर्स तथा अन्य विभिन्न प्रकारका खाजाहरू (स्न्याक्स) पनि उत्पादन गर्दै आएको छ । स्थानीय नेपाली स्वादलाई अन्तर्राष्ट्रियस्तरको गुणस्तरमा प्रस्तुत गर्नु यसोदा फूड्सको मुख्य विशेषता हो । आफ्ना उत्पादनहरू नेपालभरि र विश्वका २२ भन्दा बढी देशहरूमा निर्यात गर्दै कम्पनीले नेपाली उत्पादनलाई विश्वमाझ चिनाउन महत्त्वपूर्ण भूमिका खेलेको छ ।
FACEBOOK COMMENTS