काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गणतन्त्रमाथि सरकारको कार्यशैलीबाटै सबैभन्दा ठुलो खतरा रहेको बताएका छन् ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रचण्डले गणतन्त्रको भविष्यमाथि खतरा सरकारको कार्यशैलीबाट रहेको टिप्पणी गरेका हुन् । उनले भने, ‘यदि गणतन्त्रमाथि कतैबाट खतरा छ भने त्यो राजावादी या अन्य कसैबाट होइन, सरकारकै कार्यशैलीबाट हो ।’
त्यस्तै, प्रचण्डले संविधानको शासकीय स्वरूप, निर्वाचन प्रणाली, प्रदेशको नाम, सीमाङ्कन, वित्तीय सङ्घीयता, समावेशिता र सामाजिक न्यायका विषयमा अग्रगामी संशोधन गर्न समेत आग्रह गरे । उनले यसका लागि सरकारसँग हिम्मत छ भने प्रमुख प्रतिपक्षका नाताले त्यो बहुमत जुटाउने जिम्मेवारी आफूले लिने बताए ।
साथै, प्रचण्डले सङ्ख्याको दम्भमा जे गरे पनि हुन्छ भन्ने सोचले कुशासनको तानाशाही गाडा कुदाउँदै गरेको बताउँदै त्यसलाई बन्द नगरे जनताको धैर्यको सीमा टुट्ने समेत चेतावनी दिए ।
FACEBOOK COMMENTS