काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडकोे ३१औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । आज सोमबार अम्रपाली ब्याङ्क्वेट, भाटभटेनी, काठमाडौंमा कम्पनीको साधारणसभा सम्पन्न भएको हो ।
सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०८०/८१ लेखापरीक्षण प्रतिवेदनसहितको वासलात, नाफा–नोक्सान हिसाब र नगद प्रवाह विवरण तथा सोसँग सम्बन्धित अनुसूचीहरू पारित गरेको छ ।
साथै , सञ्चालक समितिबाट पेस गरिएका सबै सामान्य र विशेष प्रस्तावहरू सर्वसम्मतिबाट पारित भएको छ ।
कम्पनीले प्रधान कार्यालय लगायत ६ वटा प्रादेशिक कार्यालय, ३९ वटा शाखा, ४३ वटा उपशाखा कार्यालयहरू, १५ वटा बीमा काउण्टरहरू र ६ वटा तेस्रो पक्ष बीमा काउण्टरहरूबाट बीमा सेवा प्रदान गर्दै आएको छ ।
कम्पनीमा पेस हुन आएका दाबीहरूलाई समयमै फरफारक गर्ने, बीमितहरूलाई छिटोछरितो रूपमा सेवा प्रदान गर्ने, कारोबारको दायरा वृद्धि गर्ने एवम् व्यावसायिक दक्षता हासिल गर्नका लागि प्रविधिमा आधारित भई बीमा सेवा प्रदान गर्ने उद्देश्यअनुरूप डिजिटल इन्स्योरेन्सलाई विशेष प्राथमिकतामा राखी सूचना प्रविधिमा लगानी अभिवृद्धि गर्दै बीमितलाई अनलाइन पोलिसी जारी गर्ने व्यवस्था मिलाउने कम्पनीको भावी योजना छ ।
FACEBOOK COMMENTS