काठमाडौं । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरूले अब होपफुल हराइजन नेपाल प्रालीमा मानसिक स्वास्थ्यसम्बन्धी सेवा लिन विशेष छुट सुविधा प्राप्त गर्न सक्ने भएका छन् ।
झम्सिखेल, पुल्चोक, ललितपुरमा अवस्थित यस संस्थासँग प्रभु बैंकबीच दुई पक्षीय समझदारी भएको हो।
सम्झौतासम्बन्धी एक कार्यक्रमका क्रममा होपफुल हराइजन नेपालका तर्फबाट डा. प्रकृति प्रधान र प्रभु बैंकका तर्फबाट प्रमुख मार्केटिङ अफिसर रमेश कुमार श्रेष्ठले सम्झदारी पत्रमा हस्ताक्षर गरेका छन् ।
कार्यक्रममा प्रभु बैंकका प्रिभिलेज बैंकिङ प्रमुख अन्जु बस्नेतको समेत उपस्थिति थियो।
सम्झौताअनुसार प्रभु बैंकका ग्राहकहरूले होपफुल हराइजन नेपालमा छुट सुविधा प्राप्त गर्न बैंकद्वारा जारी डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिभिलेज कार्डमध्ये कुनै एक पेश गर्नुपर्नेछ ।

नेपालको निजी क्षेत्रमा मानसिक स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको होपफुल हराइजन नेपाल दक्ष तथा अनुभवी विशेषज्ञहरूको समूहद्वारा सञ्चालित संस्था हो। संस्थाले सबै उमेर समूहका लागि विभिन्न किसिमका मानसिक स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ।

‘बैंक अफ द इयर २०२३’ को उपाधिबाट सम्मानित प्रभु बैंक हाल नेपालभर ३१२ शाखा कार्यालय, २८६ एटीएम र ६८ एक्सटेन्सन काउन्टरमार्फत करिब ३१ लाखभन्दा बढी ग्राहकहरूलाई सेवा प्रदान गर्दै आइरहेको छ। ‘विश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मूल नाराका साथ अत्याधुनिक प्रविधि प्रयोग गर्दै प्रभु बैंकले आफ्नो सेवा दायरा विस्तार गरिरहेको छ।

              
              
              
              		              
FACEBOOK COMMENTS