काठमाडौं । प्रभु इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । आजसम्म कायम रहेका सेयरधनीले कम्पनीले तोकेको लाभांश पाउनेछन् ।
कम्पनीले साधारणसभाका लागि साउन २ गते एक दिनका लागि बुक क्लोज गर्दैछ । त्यसैले आजसम्म कायम रहेका सेयरधनीले मात्रै कम्पनीले तोकेको लाभांश पाउनेछन् ।
कम्पनीले १८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.९४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
यस्तै बोनस सेयर वितरणपश्चात कायम चुक्ता पूँजीको ४७ प्रतिशत हकप्रद सेयर जारी गर्ने कम्पनीले जनाएको छ ।
FACEBOOK COMMENTS