काठमाडौं । कामना सेवा विकास बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
गत आवमा बैंकको नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ। अघिल्लो आवको तुलनामा गत आवको असार मसान्तसम्म बैंकको नाफा ९.१९ प्रतिशतले बढेर ६३ करोड ५२ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकको नाफा ५८ करोड १८ लाख रुपैयाँ रहेको थियो । खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बैंकको नाफा बढेको छ ।
बैंकको खुद ब्याज आम्दानी ५.२५ प्रतिशत बढेर २ अर्ब २४ करोड ४४ लाख रुपैयाँ रहेको छ भने सञ्चालन नाफा १.९७ प्रतिशतले बढेर ९८ करोड ६९ लाख रुपैयाँ रहेको छ । यो अवधिमा बैंकको वितरणयोग्य नाफा ४७.७१ प्रतिशतले बढेर ६० करोड ७४ लाख रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा ४१ करोड १२ लाख थियो । बैंकको वितरणयोग्य प्रतिसेयर आम्दानी १७ रुपैयाँ ३० पैसा छ।
बैंकको प्रतिसेयर आम्दानी ३७ पैसा बढेर १८ रुपैयाँ १० पैसा छ । बैंकको प्रति सेयर नेटवर्थ १६८ रुपैयाँ १३ पैसा रहेको छ । ३ अर्ब ५१ करोड ८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा २ अर्ब ३९ करोड १८ लाख रुपैयाँ रहेको छ । बैंकले ६२ अर्ब ८३ करोड ४३ लाख रुपैयाँ निक्षेप संकलन गरी ४९ अर्ब ९६ करोड ७२ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ।
FACEBOOK COMMENTS