काठमाडौं । आजको व्यस्त जीवनमा हाम्रा इलेक्ट्रोनिक उपकरणहरू हाम्रो दैनिक जीवनशैलीको अभिन्न अङ्ग बनेका छन् । तर, इलेक्ट्रोनिक उपकरणहरू निरन्तर प्रयोग गर्दा तिनीहरूको ब्याट्री कम हुँदै जान्छ । ट्राफिकमा अड्किएको बेला, यात्रा गरिरहेको बेला वा घरबाट धेरै घण्टा बाहिर भएको बेला एउटा राम्रो र भरपर्दो पावर बैंकले तपाईंको फोन, ट्याब्लेट, इअरबड र अन्य ग्याजेटहरूलाई चालु राख्छ ।
यस्ता परिस्थितिहरूको सामना गर्न ग्लोबल टेक्नोलोजी लिडर शाओमीका भरपर्दो र टिकाउ पावर बैंकहरू नेपाली बजारमा सर्वसुलभ रूपमा र सरल मूल्यमा उपलब्ध छन् । शाओमीका ३ हजार ४९९ देखि ४ हजार ९९९ रुपैयाँसम्मका पावर बैंकहरू बजारमा सर्वत्र उपलब्ध छन् ।
शाओमी पावर बैंक ४आई १०००० एमएएच – ३ हजार ४९९ रुपैयाँ
यो २२.५ वाट फास्ट चार्जिङ पावर भएको पातलो, कम्प्याक्ट र भरपर्दो पावर बैंकले एकैचोटि तीनवटा डिभाइस चार्ज गर्न सक्छ । यसमा यूएसबी – सी र यूएसबी – ए दुबै पोर्ट छन् र यसले टू वे चार्जिङ पनि सपोर्ट गर्छ । मतलब पावर बैंक चार्ज गर्दा तपाईंको फोन पनि चार्ज गर्न सकिन्छ ।
यसको १८ वाट चार्जरले ४ घण्टामै दिभाइसलाई पूरै चार्ज गर्छ । क्ल्यासिक ब्ल्याक, ओलिव ग्रीन र कोरल पर्पल रङहरूमा उपलब्ध यो पावर बैंक दिनभर आफूले प्रयोग गर्ने डिभाइसमा पावर चाहिने विद्यार्थी र काम गर्ने मानिसहरूको लागि एकदमै उपयुक्त छ ।
शाओमी पकेट पावर बैंक १०००० एम ए एच – ४ हजार २९९ रुपैयाँ
यसमा बिल्ट–इन केबल भएकाले तपाईंलाई अलग्गै चार्जिङ केबल चाहिँदैन । ४आई जस्तै २२.५ वाट फास्ट चार्जिङ पावर भएको यस डिभाइसले एकैचोटि तीनवटा डिभाइस चार्ज गर्न सक्छ । बिल्ट–इन केबल र यूएसबी – सी र यूएसबी – ए दुबै पोर्टले ३.५ घण्टामा पूरै चार्ज हुन्छ र यो पावर बैंक मरुन र ब्लू रङमा उपलब्ध छ ।
रेडमी पावर बैंक २०००० एमएएच ४ हजार ४९९ रुपैयाँ
यदि तपाईंलाई धेरै पावर चाहिन्छ भने रेडमी पावर बैंक २०००० एमएएच उपयुक्त हुनेछ । यसमा भएका सुरक्षा सुविधाहरूले अत्यधिक ताप, शर्ट सर्किट, उच्च भोल्टेज जस्ता समस्याहरूविरुद्ध १२ लेयर सुरक्षा दिन्छन् । यसभित्रको लिथियम पोलिमर ब्याट्रीहरू सामान्यभन्दा बढी सुरक्षित र एफिसिएन्ट छन् । कालो र सेतो रङमा उपलब्ध यो पावर बैंक धेरै डिभाइस भएका ठाउँमा, चार्जिङ स्पट कम भएका ठाउँमा र लामो यात्रा गर्नेहरूको लागि उपयुक्त छ ।
शाओमी पावर बैंक ४आई २०००० एमएएच ४ हजार ९९९ रुपैयाँ
३३ वाट सोनिक चार्जिङ भएको यो हेभी–ड्युटी पावर बैंकले एकैचोटि तीनवटा डिभाइस चार्ज गर्न सक्छ र फिटनेस ट्र्याकर वाच जस्ता सानो साइजका ग्याजेटका लागि लो पावर मोड पनि उपलब्ध छ । १२ लेयर सुरक्षा सुविधाहरू र धेरै पोर्टहरू – टाइप सी इनपुट, टाइप सी आउटपुट र दुईवटा यूएसबी – ए आउटपुटसहित यो पावर बैंक पूर्ण रूपमा चार्ज हुन करिब ६.९ घण्टा लाग्छ र जेट ब्ल्याक, नाइट्रो ग्रीन र टर्बो ब्लू रङहरूमा उपलब्ध छ ।
शाओमी नै किन छान्ने ?
शाओमी पावर बैंकहरूले फास्ट चार्जिङ, मजबुत बनावट र सुरक्षा सुविधाहरूलाई किफायती मूल्यमा ग्राहकहरूमा उपलब्ध गराएको छ । नवीनतम् प्रविधि र दैनिक आवश्यकताअनुसार यिनीहरू वास्तविक प्रयोगका लागि बनाइएका छन् । विद्यार्थी, कुनै पेसा वा धेरै प्रविधि प्रयोग गर्ने व्यक्तिसम्म तपाईंको जीवनशैली र बजेटअनुसार शाओमीका पावर बैंकहरू विभिन्न मूल्यमा र विविध सुविधासहित उपलब्ध छन् ।
FACEBOOK COMMENTS