काठमाडौं । डेल्टा एयरलाइन्सको बोइङ विमान शुक्रबार लस एन्जलस अन्तर्राष्ट्रिय विमानस्थलबाट एटलान्टाका लागि उडेको थियो, तर उडान भरेको केही समयपछि नै यसको एउटा इन्जिनमा आगो लागेको छ ।
त्यसपछि, विमान आपतकालीन अवतरणको लागि फर्कनुपर्यो ।
घटनाको भिडियो सार्वजनिक भएको छ, जसमा बोइङ ७६७–४०० विमान हावामा देख्न सकिन्छ र यसको बायाँ इन्जिनबाट आगो निस्किरहेको छ ।
विमान धावनमार्गमा अवतरण गरेपछि, अग्निनियन्त्रकहरूले इन्जिनमा लागेको आगो नियन्त्रण गरेका थिए । यस घटनामा विमानमा रहेका सबै यात्रू सकुशल रहेका छन् ।
रिपोर्टका अनुसार विमानले पहिले प्रशान्त महासागर माथि उडेर त्यसपछि डाउनी र प्यारामाउन्ट क्षेत्रहरूमाथि फर्किएकाले चालक दललाई चेकलिस्ट पूरा गर्न र सुरक्षित अवतरणको लागि तयारी गर्न समय मिलेको उल्लेख छ ।
आगलागीको कारण अझै स्पष्ट नभएको बताइएको छ । अमेरिकी संघीय उड्डयन प्रशासनले घटनाको अनुसन्धान सुरु गरेको छ । विमान लगभग २५ वर्ष पुरानो भएको र यसमा जनरल इलेक्ट्रिक सी एफ६ इन्जिनहरू रहेको उल्लेख छ ।
FACEBOOK COMMENTS