काठमाडौँ । इङल्याण्डले महिला युरो कपको उपाधि जितेको छ । गएराती सम्पन्न फाइनल खेलमा इङल्याण्डले स्पेनलाई पेनाल्टी सुट आउटमा स्पेनलाई ३(१ गोल अन्तरले पराजित गर्दै युरो कप जितेको हो ।
यस अघि निर्धारित ९० मिनेटको खेलमा दुवैले १(१ गोल गरेपछि खेल ३० मिनेटको अतिरिक्त समयमा गएको थियो । अतिरिक्त समयमा कुनै गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो ।
योसंगै इङल्याण्डले लगातार दोस्रो पटक युरो कपको उपाधि जितेको छ । त्यस्तै विश्वकप जितिसकेको स्पेनले भने अहिलेसम्म युरो कपको उपाधि भने जित्न सकेको छैन । महिला युरोकपको उपाधि सबै भन्दा बढी जर्मनीले ८ पटक जितेको छ ।
FACEBOOK COMMENTS