काठमाण्डौं — दुबईको कमर्सियल उडान रद्द गरेर मलेसियामा हुने पाटाको ट्राभल मेलाका लागि लगिएको नेपाल वायु सेवा निगमको विमान घटनाबारे छानबिन हुने भएको छ ।
पर्यटनमन्त्री रवीन्द्र अधिकारीले विमान घटनाबारे छानबिन गर्न निर्देशन दिएका हुन्।
पर्यटन प्रवर्द्धन सम्बन्धी नेपालमा शाखा भएको गैरसरकारी संस्था पाटाको बुधबारदेखि मलेसियामा हुन लागेको तीनदिने मेलामा भाग लिनका लागि राष्ट्रिय ध्वाजावाहक विमानको आइतबार रातिको दुबई उडान रद्द गरेर सोमबार बिहान मलेसिया लगिएको थियो ।
यो उडान रद्द भएपछि त्यस रात दुबई उड्न पर्खिरहेका ६३ यात्रुलाई सिनामंगलका तीनवटा साना होटलमा निगमकै खर्चमा राखिएको थियो भने दुबईबाट काठमाडौं आउन लागेका १ सय ५६ यात्रु उतै रोकिएका थिए ।
— कान्तिपुर
FACEBOOK COMMENTS