बुटवल । अर्घाखाँचीको शितगंगा नगरपालिका-१२ बस्ने ३६ वर्षीय संदिप बहादुर कामीलाई एकनाले भरुवा बन्दुक १ थान, बारूद जस्तो देखिने बस्तु, फलामका टुक्राहरू, केप बनाउन प्रयोग गरिएका कागजको टुक्राहरू सहित प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय ठाडाबाट खटिएको प्रहरीले उनको गोठ तलासी गर्दा उक्त हातहतियार फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
FACEBOOK COMMENTS