काठमाडौं । आज संघीय संसदका दुई समितिको बैठक बस्दैछ ।
आज प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति र राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ ।
आज बिहान १० बजे बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि समितिमा दफावार छलफल प्रारम्भ हुने कार्यसूची रहेको छ ।
त्यस्तै दिउसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा जलस्रोत विधेयक, २०८१ को मस्यौदा प्रतिवेदनउपर छलफल हुने कार्यसूची रहेको समितिले जानकारी दिएको छ ।
FACEBOOK COMMENTS