काठमाडौं । माछापुच्छ्रे बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म २ अर्ब १ करोड १४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो आवको तुलनामा ९२.४५ प्रतिशतले धेरै हो । अघिल्लो आवको सोही अवधिमा बैंकले १ अर्ब ४ करोड ५१ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।
बैंकको खुद ब्याज आम्दानी, सञ्चालन नाफा बढेको र इम्पेरमेन्ट चार्ज घटेका कारण नाफा उल्लेख्य सुधार आएको छ । गत आवको असार मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी १५.४१ प्रतिशतले बढेर ५ अर्ब ७५ करोड ६७ लाख रुपैयाँ पुगेको छ । यस्तै सञ्चालन नाफा ९९.९१ प्रतिशतले बढेर ३ अर्ब ३३ करोड २ लाख ्ररुपैयाँ रहेको छ ।
यस्तै बैंकको इम्पेरमेन्ट चार्ज १ अर्ब ३९ करोड रुपैयाँबाट घटेर ३५ करोड ३७ लाख रुपैयाँमा कायम भएको छ । बैंकको वितरणयोग्य नाफा १ अर्ब ७ करोड रुपैयाँ २९ लाख रुपैयाँ रहेको छ । बैंकको लाभांश दिने क्षमता ९ रुपैयाँ २३ पैसा रहेको छ ।
बैंकको प्रतिसेयर आम्दानी १७ रुपैयाँ ३१ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १६३ रुपैयाँ ८० पैसा रहेको छ। बैंकको खराब कर्जा ३.८३ प्रतिशत रहेको छ ।
११ अर्ब ६२ करोड १३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा ७ अर्ब ४१ करोड रुपैयाँ छ। असार मसान्तसम्म १ खर्ब ८४ अर्ब १७ करोड ६० लाख रुपैयाँ निक्षेप संकलन गरेको बैंकले १ खर्ब ४१ अर्ब ६३ करोड ६८ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।
FACEBOOK COMMENTS