काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आगामी तीन वर्षभित्र काठमाडौंको भृकुटीमण्डपमा आधुनिक र अत्याधुनिक प्रदर्शनी हल निर्माण गरिने बताएका छन् ।
आज बुधबारदेखि भृकुटीमण्डपमा सुरु भएको नाइमा मोबिलिटी एक्स्पो उद्घाटन गर्दै उनले आम उध्योगी व्यवसायीहरुको समस्यालाई दृष्टिगत गर्दै तीन वर्षभित्र अत्यन्तै आकर्षक र सुबिधासम्पन्न प्रदर्शनी हल निर्माण गरिने बताएका हुन् ।
चालू आर्थिक वर्षको बजेटमा समेत प्रदर्शनी हल निर्माणको नीति लिइएको उल्लेख गर्दै उनले भने, “भृकुटीमण्डपमा अहिले रहेको सबै संरचना हटाइ भव्य हल बनाइने छ । बजेटमा बोल्नका लागि मात्र नभै कार्यान्वयन गर्नका लागि हो ।”
FACEBOOK COMMENTS