काठमाडौँ । त्रिशुली नदीले सडक कटान गरेपछि गल्छि–मैलुङ स्याफ्रु सडक खण्ड पुर्ण रुपमा बन्द भएको छ ।
रसुवाको उत्तरगया गाउँपालिका वडा नम्बर ५ गल्छि त्रिशुलीदेखि मैलुङ स्याफ्रुतर्फ जाने सडकखण्डमा त्रिशुली नदीमा आएको बाढीले ६ मिटर चौडाई र १५ मिटर लम्बाई सडक बाटो कटान गरि अवरुद्ध भएकोमा शुक्रबार बिहान बाकी रहेको सडक त्रिशुली नदीले पुन: कटान गरि चर्किएको कारण सो सडक पुर्ण रुपमा बन्द भएको प्रहरीले जनाएको छ ।
प्रहरीले वैकल्पिक सडकको प्रयोग गर्न आग्रह गरेको छ ।
FACEBOOK COMMENTS