काठमाडौं । कामना सेवा विकास बैंकले काठमाडौं, बसुन्धारा स्थित महेन्द्र नारायण निधी मेमोरियल अस्पतालसँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ ।
सम्झौता अन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरुले अस्पतालले प्रदान गर्ने विभिन्न सेवा–सुविधामा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । बैंकको ग्राहकहरुले बैंकसँगको आबद्धता भएको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ ।
यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण महानुभावहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ । उक्त छुट सम्बन्धी सम्झौतामा बैंकका तर्फबाट काठमाडौं क्षेत्र प्रमुख केदारनाथ शर्मा र महेन्द्र नारायण निधी मेमोरियल अस्पतालका अध्यक्ष कपिल ज्ञवालीले हस्ताक्षर गरे ।
FACEBOOK COMMENTS