काठमाडौं । नेपालको बढ्दो इलेक्ट्रिक सवारी साधन बजारमा सशक्त पहिचान बनाइसकेको लक्ष्मी ई–मोबिलिटीले चीनको उदाउँदो इलेक्ट्रिक गाडी ब्रान्ड ‘फोर्थिङ’लाई नेपाली बजारमा उपलब्ध छ ।
नेपालको इलेक्ट्रिक मोबिलिटी क्रान्तिलाई अझ तीव्र बनाउने दिशामा यो एक महत्त्वपूर्ण कदम रहेको कम्पनीको दाबी छ ।
फोर्थिङको पहिलो मोडेल, फ्राइडे इभि, नेपालमा २०८२ साउन २ गते ९अगस्ट ६० का दिन राष्ट्रिय अटो प्रदर्शनी नाइमा २०२५ को उद्घाटन अवसरमा सार्वजनिक गरिएको थियो ।
यो प्रदर्शनी नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एशोसिएसनद्वारा आयोजित गरिएको हो र काठमाडौँको भृकुटीमण्डपमा सम्पन्न भएको हो ।
विश्वव्यापी रूपमा स्मार्ट डिजाइन र अत्याधुनिक इलेक्ट्रिक मोबिलिटी प्रविधिका लागि चिनिएको फोर्थिङ ब्रान्डले नेपालमा प्रिमियम इलेक्ट्रिक एसयुभी, फ्राइडे इभिको सुरुवात गर्दै आफ्नो उपस्थिति दर्ता गरेको छ ।
यो गाडीले प्रदर्शन, प्रविधि र आधुनिक डिजाइनलाई समेट्दै नेपाली ग्राहकको बदलिंदो आवश्यकतामा केन्द्रित समाधान दिन्छ । फ्राइडे इभि दुई भेरियन्टमा उपलब्ध छ– लक्जरी र एक्सक्लुसिभ – जसको मूल्य क्रमश: रु ५०.९६ लाख र रु ५६.९६ लाख छ ।
नाइमाको विशेष अफर अन्तर्गत, फोर्थिङले दुवै भेरियन्टमा सीमित समयका लागि रु २ लाख छुट र एक वर्षको अटो बीमा प्रदान गर्दैछ । यस अफरमा ग्राहकहरूले, लक्जरी भेरियन्ट केवल रु ४८.९६ लाखमा र एक्सक्लुसिभ भेरियन्ट रु ५४.९६ लाखमा प्राप्त गर्न सक्नेछन् ।
शहरका सडकहरू र सप्ताहन्तको यात्राका लागि उपयुक्त, फ्राइडे इभिमा ६४ । ४ किलोवाट ब्याट्री र ९९ किलोवाट मोटर छ, जसले ४०० किलोमिटरभन्दा बढीको दूरी तय गर्न सक्षम भित्री डिजाइन आराम, प्रयोगको सजिलो, र स्मार्ट इर्गोनोमिक्सलाई प्राथमिकता दिई विचारपूर्वक तयार गरिएको छ ।
साथै, यसमा प्रिमियम मसाज स्पोट्र्स सिट रहेको छ जसले ड्राइभिङ अनुभवलाई अझ आरामदायी बनाउँछ र एक्सक्लुसिभ भेरियन्टमा इलेक्ट्रिक टेलगेट सुविधा पनि उपलब्ध छ, जसले सहजता थपेको छ ।
फोर्थिङ फ्राइडे इभिले प्रतिस्पर्धात्मक मूल्य निर्धारणसँगै प्रिमियम स्तरका सुविधाहरू र नाइमा को विशेष अफर पनि उपलब्ध गराउँछ । यी सबै कुराले फोर्थिङ फ्राइडे इभिलाई नेपाली बजारमा आफ्नो सेग्मेन्टमा सबैभन्दा बढी मूल्यवान र किफायती विकल्प बनाएको छ– जहाँ विलासिता, शक्तिशाली प्रदर्शन र नयाँ प्रविधि प्रतिस्पर्धीहरू भन्दा सस्तो मूल्यमा उपलब्ध छ ।
फोर्थिङसँग सहकार्यगर्दै, लक्ष्मी ई–मोबिलिटीले नेपाली बजारमा अत्याधुनिक र वातावरणमैत्री सवारी समाधानहरू पुर्याउने आफ्नो प्रतिबद्धता थप प्रगाढ बनाएको छ । कम्पनीले नेपालमा इलेक्ट्रिक सवारी साधनको भविष्य निर्माणमा अग्रणी भूमिका खेल्न निरन्तर काम गरिरहेको छ ।
लक्ष्मी ई–मोबिलिटीसँगै नाइमा २०२५ मा सहभागी हुनुहोस्, जुन श्रावण २६, २०८२, सोमबारसम्म चल्नेछ, स्टल ‘ए’ फोरमा फोर्थिङको मुख्य प्रस्तुतिसँगै नेपालमा विद्युतीय सवारीसाधनको भविष्य देख्न पाइने कम्पनीको भनाइ छ ।
FACEBOOK COMMENTS