काठमाडौँ । आज पनि नेप्से परिसूचकमा गिरावट आएको छ । नेप्से बुधबार १०.५० अंकले घटेर २७८५.७४ विन्दुमा पुगेको हो ।
आजको कारोबारमा विभिन्न ३२१ कम्पनीका एक करोड ५८ लाख ४७ हजार ८७३ कित्ता शेयर ६ अर्ब १६ करोड १८ लाख ९४ हजार ९३४ मा किनबेच भएको नेप्सेले जनाएको छ ।
आज माया खोला हाइड्रोको शेयर सबैभन्दा बढी ५.७४ प्रतिशतले बढेको छ भने सानिमा लार्ज क्यापको शेयर ४.३२ प्रतिशतले बढेको छ । त्यस्तै केबीएल डिभेन्चर ८६ को शेयर मुल्य सबैभन्दा बढी ९.४८ प्रतिशतले घटेको छ भने सिक्लेस हाइड्रोको शेयर ७.२२ प्रतिशतले घटेको छ ।
आज सबै भन्दा बढी कारोबार बलेफी हाइड्रोको ३४ करोड ११ लाख र युनाइटेड मोदी हाइड्रोको २७ करोड ४७ लाखको कारोबार भएको नेप्सेले जनाएको छ ।
FACEBOOK COMMENTS