काठमाडौँ । अस्ट्रेलियमा जारी टप इन्ड टी–२० सिरिज अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले आज बंगलादेश ए टिमको सामना गर्दैछ ।
यस खेलमा बंगलादेश ए ले टस जितेर पहिला ब्याटिंग गर्ने भएको छ । योसँगै नेपालले पहिला बलिङ गर्ने भएको छ ।
यस अघि नेपालले खेलेको पहिलो खेल एनटी स्ट्राइकसँग हार बेहोरेको थियो । त्यस्तै बंगलादेश ए टिमले पनि आफ्नो पहिलो खेल पाकिस्तान ए सँग हार बेहोरेको थियो ।
यस खेलमा नेपालले तीन परिवर्तन गरेको छ । शहाब आलम, सोमपाल कामी र रुपेश सिंहको ठाउँमा करण केसी, नन्दन यादव र रिजन ढकाललाई प्लेइङ ११ मा राखेको छ ।
नेपाली टिममा रोहित पौडेल (कप्तान), दिपेन्द्र सिंह ऐरी (उपकप्तान), सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ सेख, कुशल मल्ल, गुलशन झा, नन्दन कुमार यादव, करण केसी, रिजन ढकाल र लोकेस बम रहेका छन् ।
FACEBOOK COMMENTS