काठमाडौं । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षबाट शरद ओझालाई पदमुक्त गराएको छ ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले अध्यक्ष ओझालाई पदमुक्त गर्ने निर्णय गरेको हो । सरकारले उच्च अदालतका पूर्वन्यायाधीश कृष्ण गिरीको संयोजकत्वमा गठित समितिले बुझाएको प्रतिवेदनको सुझावका आधारमा
आज बसेको मन्त्रिपरिषदको बैठकले ओझालाई पदमुक्त गर्ने निर्णय गरेको हो । ओझालाई सरकारले फागुन १२ गते नेपाल बीमा प्राधिकरणको अध्यक्षमा नियुक्त गरेको थियो ।
FACEBOOK COMMENTS