काठमाडौँ । उत्तर कोरियाली तानाशाह किम जोङ उनले रुसको लागि युक्रेन विरुद्धको युद्धमा भाग लिने उत्तर कोरियाली सैनिकहरूलाई बहादुर भनेका छन् ।
उत्तर कोरियाको सरकारी मिडिया केसीएनएले शुक्रबार रुसबाट फर्केका सैनिकहरूका लागि कन्सर्ट र शहीद सैनिकहरूका परिवारहरूसँग रात्रिभोज आयोजना गरिएको रिपोर्ट गरेको छ ।
यस समारोहमा किमले विदेशी अपरेशनमा संलग्न सैनिकहरूलाई सम्मान गर्दै भने हाम्रो सेनाले देशको शक्ति प्रमाणित गरेकोमा कुनै शंका छैन ।
यसअघि बिहीबार किमले विदेशी अपरेशनका अधिकारीहरूलाई भेटेर युक्रेनमा मारिएका सैनिकहरूलाई श्रद्धाञ्जली अर्पण गरेका थिए ।
उत्तर कोरियाली सांसदहरूका अनुसार रुसको लागि लड्दा लगभग ६०० सैनिक मारिएको बताइएको छ । रुसको पक्षमा युक्रेन युद्धमा कुल १५ हजार उत्तर कोरियाली सैनिक तैनाथ गरिएको विभिन्न रिपोर्टमा दाबि गरिएको छ ।
FACEBOOK COMMENTS