काठमाडौं । चिनियाँ अटोमोबाइल ब्रान्ड फोटोनले आफ्नो बहुप्रतिक्षित विद्युतीय पिकअप ‘ई–टुनल्यान्ड’ नेपालमा सार्वजनिक गरेको छ ।
यसअघि टुनल्यान्ड जी–७ मोडेलमार्फत सफलता पाएको फोटोनले यस वर्षको नाडा अटो शो २०२५ मा शक्ति, दक्षता र अत्याधुनिक प्रविधिको संयोजन भएको यो नयाँ पिकअप प्रस्तुत गरेको हो ।
फोटोन इ–टुनल्यान्डको विशेष पक्ष भनेको यसमा प्रयोग गरिएको विश्वकै नं. १ ब्याट्री ब्रान्ड सीएटीएलको प्रविधि हो ।
तेस्रो पुस्ताको ८८ किलोवाट–घण्टा लिक्विड–कुल्ड लिथियम ब्याट्रीसहित आएको यस पिकअपले ३५० किलोमिटर (डब्लूटीएलपी मापदण्डअनुसार) यात्रा गर्ने क्षमता प्रदान गर्दछ ।
साथै, ब्याट्रीमा आठ वर्ष वा चार लाख किलोमिटरसम्मको वारेन्टी तथा पावर इलेक्ट्रोनिक युनिट र मोटरमा पाँच वर्ष वा दुई लाख किलोमिटरसम्मको वारेन्टी दिएको छ ।
शक्तिको हिसाबले यस पिकअपले १३० किलोवाट पावर र ३५० न्यूटन–मिटर टर्क प्रदान गर्ने कम्पनीले जनाएको छ ।
३० प्रतिशतसम्मको उकालो बाटो सजिलै पार गर्नसक्ने क्षमतासहित यसले नेपाली भौगोलिक अवस्थालाई ध्यानमा राखेर उत्कृष्ट प्रदर्शन गर्नेछ ।
यसमा उपलब्ध ८८.०२ किलोवाट–घण्टा क्षमताको सिएटिएल ब्याट्रीमार्फत ४३० किलोमिटर (एनईडीसी मापदण्डअनुसार) रेन्ज प्राप्त गर्न सकिने कम्पनीले दाबी गरेको छ ।
डिजाइन र बनोटका दृष्टिले पनि यो मोडेल विशेष छ । २०० मिलिमिटर ग्राउन्ड क्लियरेन्स, २६५/६५ आर–१७ टायर र १५२० ह १५८० ह ४४० मिलिमिटरको ठूलो कार्गो स्पेसले यसलाई सामान ढुवानीका लागि उपयुक्त बनाएको छ । यससँगै दैनिक प्रयोगदेखि लामो यात्रासम्म सहज र स्थिर यात्राको अनुभव दिने गरि निर्माण गरिएको कम्पनीको दाबी छ ।
फोटोन इ–टुनल्यान्ड विशेष नाडा अफरअन्तर्गत हाल ६८ लाख ९९ हजार रुपैयाँमा उपलब्ध हुनेछ नाडाको अफर सकिएपछि मूल्य ६९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । नेपालमा फोटोन सवारीसाधनको आधिकारिक वितरक एमएडब्लू वृद्धि कमर्सियल रहेको छ ।
FACEBOOK COMMENTS