काठमाडौं । यो वर्षको नाडा अटो शो सम्पन्न भएको छ ।
भदौ ३ गते काठमाडौंको भृकुटीमण्डपमा नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले शो आयोजना गरेको थियो ।
शोको आज स्वास्थमन्त्री प्रदीप पौडेलले समापन गरेका छन् । समापन कार्यक्रममा उत्कृष्ट स्टलको पुरस्कार डिपल र रोयल इन्फिल्ड छनोट भएका छन् ।
शोमा चारपाङ्ग्रे, दुई पाङ्ग्रे, तीन पाङ्ग्रे र लाइट कमर्सियल सवारीसाधन लगायत रहेका थिए । ५ दिनसम्म सञ्चालन भएको शोमा करिब डेढ लाखले अवलोकन गरेको जनाईएको छ ।
शो को मुख्य आकर्षण डिपलको फ्लाइङ ट्याक्सी रहेको थियो ।
FACEBOOK COMMENTS