काठमाडौं, साउन ८ – लकडाउन खुलेसँगै सडकमा सवारी चाप बढेको छ । कोरोना भाइरस रोकथाम मापदण्ड पालना नगर्ने सवारी साधनलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले सवारी साधनलाई कारबाही थालेको छ ।
बुधबार ट्राफिक प्रहरीले कूल २ सय ६३ सवारी साधानलाई कारबाही गरेको छ । यस्तै मापदण्ड पूरा नगर्ने र बढी यात्री राख्ने ३२ सार्वजनिक बस, ट्याक्सी, टेम्पोलाई बेलुका ८ बजेसम्म सडकमा होल्ड गरेर कारबाही गरेको ट्राफिक प्रवक्ता एससपी बामदेव गौतमले जानकारी दिए । ट्राफिक प्रहरीले सडकमा गुड्ने यात्रीबहाक सवारी सधानले सङ्क्रामक रोग रोकथामका लागि मापदण्ड पालना गरे नगरेको बारे अनुगमन महाशाखाबाट ३ टोली खटाइएको जानकारी दिए ।
ट्राफिक प्रहरीले रसिद काटेर आर्थिक जरिवाना नगरी सडकमा सवारी होल्ड गरेर कारबाही गर्न थालेको छ । यस्तै काठमाडौँ उपत्यकामा चल्ने सवारी साधानहरुले स्वास्थ्य मापदण्ड पालना गरे नगरेको बारेमा विभिन्न २९ ठाउँमा अनुगमनका लागि प्रहरी परिचालन गरेको र विभिन्न स्थानमा रहेका ट्राफिक पोस्टहरुले पनि अनुगमन गरेर जानकारी दिने प्रवक्ता गौतमले बताए ।
सवारी साधनले बढी भाडा लिएको गुनासो लागेमा ट्राफिक प्रहरीलाई खबर गर्न उनले आग्रह गरे ।
FACEBOOK COMMENTS