काठमाडौं । सर्वोच्च अदालतले लुम्बिनी क्षेत्रमा रहेका करिब १ दर्जन उद्योग स्थानान्तरण गर्नुपर्ने फैसला गरेको छ ।
सर्वोच्च अदालतका न्यायधीशद्धय कुमार रेग्मी र सुनिल पोखरेलको सयुक्त इजलाशले १५ किलोमिटर भित्र थप उद्योग सञ्चालन गर्न अनुमति नदिन र अहिले सञ्चालन भएका उद्योगलाई २ वर्षभित्र स्थानान्तरण गर्नुपर्ने फैसला गरेको हो ।
जनहित संरक्षण मंचको तर्फबाट कार्यकारी अधयक्ष वरिष्ठ अधिवक्ता प्रकाश मणी शर्माले २०७५ सालमा लुम्बिनी क्षेत्रमा सञ्चालिन उद्योगलाई हटाउन माग गर्दै रिट दायर गरेका थिए । सरकारले अहिले सो क्षेत्रमा नयाँ उद्योग भने सञ्चालनको लागि अनुमति रोकिसकेको छ ।
file:///C:/Users/Sovit/Desktop/court-lumbani-.pdf
FACEBOOK COMMENTS