काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता अरनिको पाँडेलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
एक महिलालाई सामाजिक सञ्जालमार्फत दुर्व्यवहार तथा गालीगलौज गरेको आरोपमा साइबर ब्युरोले पाँडेलाई बुधबार नियन्त्रणमा लिएको हो ।
साइबर ब्युरोका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक ९एसपी० दीपकराज अवस्थीका अनुसार एक महिलाले पाँडेविरुद्ध सामाजिक सञ्जालमा अपशब्द प्रयोग गरेको भन्दै जाहेरी दिएकी थिइन् । सोही जाहेरीका आधारमा जिल्ला अदालत, काठमाडौंबाट बुधबार पक्राउ पुर्जी जारी भएको थियो ।
प्रहरीका अनुसार, उजुरी दर्ता भएपछि र पक्राउ पुर्जी जारी भएपछि पाँडे बुधबार साँझ आफैं साइबर ब्युरोमा उपस्थित भएका थिए । ब्युरोले बुधबार नै म्याद थपका लागि अदालतमा प्रस्तुत गर्ने तयारी गरे पनि समय अभावका कारण बिहीबार मात्र उपस्थित गराइने जनाएको छ ।
वातावरणविद्का रूपमा परिचित डा. पाँडे २०७९ साल भदौमा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका थिए । रास्वपा सरकारमा सहभागी हुँदा उनी २०८० सालमा राष्ट्रिय योजना आयोगको सदस्य नियुक्त भएका थिए ।
FACEBOOK COMMENTS