काठमाडौं । एनआईसी एशिया इक्विटी लिंक्ड इन्भेष्टमेन्ट स्किमको इकाई खरिदका लागि आवेदन दिने आज अन्तिम दिन हो ।
एनआईसी एशिया क्यापिटलले साउन २९ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको फण्डमा आज कार्यालय समयसम्म मात्रै आवेदन दिन पाइने छ ।
एनआईसी एशिया क्यापिटलको व्यवस्थापनमा एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सो खुलामुखि योजना हो । क्यापिटलले प्रतिइकाई १० रुपैयाँका दरले ५० करोड रुपैयाँको ५ करोड इकाई निष्कासन गरेको छ ।
क्यापिटलले १० करोड इकाईमध्ये १५ प्रतिशत अर्थात १५ करोड रुपैयाँको १ करोड ५० लाख इकाई योजना व्यवस्थापक एनआईसी एशिया बैंकलाई सुरक्षित गरिएको छ । बाँकी रहेको ८ करोड ५० लाख इकाईमध्ये ५ करोड इकाई सर्वसाधरणका लागि निष्कासन गरेको छ ।
योजनामा न्यूनतम १०० देखि १ करोड इकाईसम्म आवेदन दिन सकिने छ । योजनाको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल रहेको छ । इकाईमा नेपाल धितोपत्र बोर्ड सी आश्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सकिने छ ।
FACEBOOK COMMENTS