काठमाडौं । शेयर बजार झिनो अंकले बढेको छ । आज करीब पौने ५ अर्बको कारोबार भएको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ४.५६ अंकले बढेको हो । ०.१७ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २६२५.८२ अंकमा उक्लिएको छ ।
समग्रमा बजार बढे पनि बैंकिङ, उत्पादनमूलक, अन्य र ट्रेडिङ समूह राताम्मे भएको छ । बाँकी अरु समूहमा हरियाली छाएको छ ।
आज ३४९ कम्पनीका १ करोड ३६ लाख १० हजार ८ सय ९९ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ७० करोड ८२ लाख ८० हजार ९ सय ९८.९५ रुपियाँ बराबरको कारोबार भएको छ ।
बेनी हाइड्रोका लगानीकर्ताहरुले सबैभन्दा बढी १४.९८ प्रतिशतले नाफा कमाएका छन् । त्यस्तै सिद्धार्थ बैंकको ऋणपत्र २०८९ का लगानीकर्ताहरुले सबैभन्दा बढी ३ प्रतिशतले घाटा व्यहोरेका छन् ।

आज कुमारी बैंकको उच्च कारोबार भएको छ । उक्त बैंकको २३ करोड ६१ लाख ३१ हजार २६.८० रुपियाँ बराबरको शेयर किनबेच भएको नेप्सेले जनाएको छ ।

साताको पहिलो दिन सोमबार ४ अंकले बजार बढ्दा ४ अर्ब ४६ करोड ५२ लाख ४६ हजार ३ सय ६०.७३ रुपियाँ, मंगलबार ४.१२ अंकले बजार बढ्दा ४ अर्ब ७३ करोड ६९ लाख २६ हजार ४ सय ९.८५ रुपियाँ र हिजो बुधबार २१.३२ अंकले बजार बढ्दा ४ अर्ब १३ करोड ६१ लाख ६१ हजार ३ सय ३१.४३ रुपियाँ बराबरको कारोबार भएको थियो ।
