धनगढी । डडेल्धुरामा जीप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ ।
नवदुर्गा गाउँपालिका–५ को चौडको कच्ची सडक खण्डमा बिहीबार बिहान सदरमुकामतर्फ जादै गरेको से १ ज ७३८ नम्बरको जीप दुर्घटना भएको प्रहरीले जनाएको छ ।
प्रहरीले अहिलेसम्म चार जनाको शव फेला परेको बताएको छ । जीप सडकबाट करीब पाँच सय मिटर तल जंगलमा खसेको र उद्धारको काम जारी रहेको प्रहरीले जनाएको छ ।
उनीहरुलाई उपचारका लागि डडेल्धुरा अस्पताल ल्याइने प्रहरीले जनाएको छ । मृतकको सनाखत भने हुन सकेको छैन । दुर्घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
FACEBOOK COMMENTS