काठमाडौं । अमेरिकाको फेडरल रिजर्भ (केन्द्रीय बैंक) का गभर्नर लिसा कुकले राष्ट्रपति ट्रम्पविरुद्ध अदालतमा मुद्दा दायर गरेकी छिन् ।
ट्रम्पले उनलाई ठगीको मुद्दामा जागिरबाट हटाएका थिए । लिसा कुकले अदालतलाई उनलाई हटाउने ट्रम्पको निर्णय गलत र गैरकानूनी रहेको दाबी रहेको छ । उनले यस मुद्दामा फेडरल रिजर्भका अध्यक्ष जेरोम पावेललाई पनि समावेश गरेकी छिन् ।
लिसा कुकमाथि धितो ठगी ९घर खरिदमा ठगी० को आरोप लागेको थियो । यी आरोपहरू फेडरल हाउसिङ फाइनान्स एजेन्सीका निर्देशक बिल पल्टेले लगाएका थिए, जो ट्रम्पका कट्टर समर्थक र फेडरल रिजर्भका अध्यक्ष जेरोम पावेलका आलोचक मानिन्छन् ।
ट्रम्पले लामो समयदेखि फेडरल रिजर्भलाई ब्याजदर ९ऋण र बचत दर० घटाउन दबाब दिँदै आएका छन् । कुक अमेरिकामा ब्याजदर निर्धारण गर्ने सात सदस्यीय टोलीमा छन् ।
कुकका वकिल अबे लोवेलले कुकलाई हटाउने ट्रम्पको प्रयास गलत रहेको बताउदै फेडरल रिजर्भ कानूनले गभर्नरलाई हटाउन ठोस कारणहरू आवश्यक पर्ने र कुकको पुरानो ऋण मुद्दामा कुनै ठोस प्रमाण र ठोस कारण नरहेको बताएका छन् ।
FACEBOOK COMMENTS