काठमाडौं । नेपाली बजारमा सुनको मुल्य आज पनि बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुन तोलाको ६ सयले बढेर तोलाको २ लाख ५ हजार ९ सयमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुनको मुल्य तोलाको २ लाख ५
हजार ३ सयमा कारोबार भएको थियो । यो सुनको अहिलेसम्मकै उच्च मुल्य हो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १५ रुपैयाँले बढेर २४८५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि सोमबार चाँदी तोलाको २४७० मा कारोबार भएको थियो ।
FACEBOOK COMMENTS