काठमाडौं । नयाँ बानेश्वरस्थित संघीय संसद भवन परिसरभित्र छिरेका प्रदर्शनकारीहरूलाई प्रहरीले बाहिर निकालेको छ ।
माइतीघरबाट प्रदर्शन सुरू गरी नयाँ बानेश्वर क्षेत्र पुगेका उनीहरूले निषेधित क्षेत्र तोड्दै संसद भवनभित्र प्रवेश गरेका थिए ।
संसदको दुइृ नम्बर ढोका फुटाएर भित्र छिरेका १०/१५ जना प्रदर्शनकारीहरूलाई अहिले बाहिर निकालिएको छ ।
प्रदर्शनकारीले सो गेटमा आगजनी समेत गरेका छन् ।
FACEBOOK COMMENTS