काठमाडौं । राष्ट्रपति निवास शितल निवासमा प्रधानमन्त्री सुशीला कार्कीले अन्तरिम सरकारको प्रधानमन्त्रीको शपथ लिएक छिन् । उनले केही समयअघि शपथ लिएकी हुन् ।
शितल निवासमा कुटनीतिक नियोगका प्रमुख रहेका थिए । राष्ट्रपति रामचन्द्र पौडेलले जेनजीको मागअनुसार सुशीला कार्कीलाई अन्तरिम मन्त्रिपरिषद्को प्रधानमन्त्रीको रूपमा नेतृत्व गर्ने गरी नियुक्त गरेका हुन् ।
कार्कीलाई प्रधानमन्त्री बनाउन राष्ट्रपतिले संविधानको धारा ६१ लाई टेकेका छन् । उक्त धाराको उपधारा (४) मा राष्ट्रपतिले नेपालको राष्ट्रिय एकताको प्रवर्द्धन गर्ने, संविधानको पालन र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुने उल्लेख छ । त्यस्तै उपधारा (३) मा राष्ट्रपतिले नेपालको राष्ट्रिय एकताको प्रवर्द्धन गर्ने भनिएको छ ।
FACEBOOK COMMENTS