काठमाडौं– नवनियुक्त अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले भोली आइतबार पदभार ग्रहण गर्ने भएकी छन् ।
स्रोतका अनुसार सम्भवत: गृह मन्त्रालयको नयाँ भवनमा प्रधानमन्त्री कार्यालय सञ्चालन गर्नेगरी पदभार ग्रहणको तयारी भएको छ ।
शुक्रबार राति पदभारग्रहण लगत्तै प्रधानमन्त्री कार्की आफ्नै निजी निवासमा गएकी छन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जेनजी आन्दोलनकारीले क्षति पुर्याएको कारण सरकारी निवास नगएर उनी आफ्नै निवास गएकी हुन् ।
प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार राति नै प्रतिनिधिसभा विघटन गरेका छन् ।
FACEBOOK COMMENTS