काठमाडौं । सर्वोच्च अदालतले परिसरमा टेन्ट टाँगेर आफ्नो काम थालेको छ ।
जेनजी आन्दोलनका क्रममा मंगलबार काठमाडौंमा भएको तोडफोड र आगजनीका क्रममा सर्वोच्च अदालतमा पनि आगजनी भएको थियो ।
भवन पूर्ण जलेपछि सर्वोच्चले टेन्ट राखेर परिसरबाटै काम थालेको हो ।