काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारमा दैनिक अत्यावश्यक उपभोग्य वस्तुहरूको अभाव नभएकोले आवश्यकता भन्दा बढी खरीद तथा सञ्चय नगर्न र नगराउन आम उपभोक्तामा अनुरोध गरेको छ ।
आइतबार विभागले विज्ञप्ति जारी गर्दै माग, आपूर्ति र मूल्यमा प्रतिकूल प्रभाव पार्ने गरी वस्तु सञ्चित नगर्न र नगराउन उत्पादक, पैठारीकर्ता, ढुवानीकर्ता, संचयकर्ता, बिक्रेता लगायत सम्पूर्ण निजीक्षेत्रलाई अनुरोध गर्दै आम उपभोक्तालाई पनि आवश्यकता भन्दा बढी खरीद तथा सञ्चय नगर्न र नगराउन आम उपभोक्तामा अनुरोध गरेको हो ।
बजारमा दैनिक अत्यावश्यक उपभोग्य वस्तुहरूको अभाव नभएकोले आवश्यकता भन्दा बढी खरीद तथा सञ्चय नगर्न-नगराउन आम उपभोक्तामा अनुरोध गर्दछौं । यस्ता कार्यमा आवश्यक सहयोग र सहजीकरणका zगि उपभोक्ता हकहितका क्षेत्रमा क्रियाशील संघ, संस्था र सञ्चारक्षेत्र लगायत सरोकारवाला सबैमा अनुरोध गरेको छ ।
FACEBOOK COMMENTS