काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आइतबार मन्त्रिपरिषद् विस्तार गरेकी छन् । उनले नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङलाई ऊर्जा जलश्रोत तथा सिँचाई मन्त्रालयको जिम्मेवारी दिइएकी छिन् ।
कार्कीले यस्तै ओमप्रकाश अर्याललाई गृहसहित कानुन मन्त्रालयको जिम्मेवारी दिइएकी छिन् । अर्याल कानुनविद् हुन् । उनी काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहको कानुनी सल्लाहकार थिए ।
अर्थ मन्त्रालयको जिम्मेवारी रामेश्वर खनाललाई दिइएको छ । । खनाल पूर्वअर्थसचिव हुन् । नयाँ मन्त्रीको शपथ भोलि हुने जनाइएको छ ।
FACEBOOK COMMENTS